गरिमाको ‘जन्ते बाख्रो’को कमाई कती ?



यो वर्ष नायक सौगात मल्लको हातमा फिल्म नै फिल्म छ । सायद, उनकै फिल्म सबैभन्दा बढी यो वर्ष रिलिज हुने देखिन्छ । तर, यो वर्षको सुरुवातबाट नै सौगातलाई बक्स अफिसमा झट्का भने लाग्न थालेको छ ।

सौगातले अभिनय गरेको फिल्म ‘जार’ यही वर्ष रिलिजमा आयो । तर, फिल्म बक्स अफिसमा चलेन । उनै, सौगात अभिनित अर्को फिल्म ‘जन्ते बाख्रो’ हलमा लागिरहेको छ । तर, यो फिल्मको व्यापार पनि चित्त वुझाउने अवस्थामा छैन ।

फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्छ भन्ने अपेक्षा गरिएको थियो । यसपटक, निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्धाजको टिम सफल हुने अपेक्षा गरिएको थियो । फिल्म ‘हात्तीछाप’बाट चिप्लिएका यी दुई ‘जन्ते बाख्रो’बाट आशावादी थिए ।

तर, यो फिल्मले बक्स अफिसमा फितलो व्यापार गरेको छ । फिल्मको व्यापार करिब ३२ लाख नजिक छ । फिल्मले हालसम्म ३१ लख ८८ हजार नजिकको व्यापार गरेको वुझिएको छ ।

फिल्मले ३२ लाख ग्रस कलेक्शन गर्दा निर्माताको हातमा करिब १० लाख आउँछ । उसो त फिल्म हलमा चलिरहेको छ । यसैले, अहिले नै यो फिल्मको अन्तिम व्यापारिक आँकडा ३२ लाख नै हो भन्न सकिदैन ।

तर, फिल्मको दोस्रो साताको व्यापारिक रफ्तार हेर्दा ५० लाख ग्रस तल नै खुम्चिने देखिएको छ ।