काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गलबार राति विमानस्थलबाट भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी पक्राउ परेका हुन् । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट एक किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्याप गरेका तीनवटा डल्ला अर्धठोस सुन बरामद भएको हो ।
प्रतिक्रिया