काठमाडौं l उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । आज (बुधबार) उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेलाई छ महिना निलम्बन गरेका थिए । आफूलाई निलम्बन गर्ने निर्णयको विरुद्धमा पाण्डे रिटमार्फत उच्च अदालत पाटन गएका थिए ।
‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनूदिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’– आदेशमा भनिएको छ ।
प्रतिक्रिया