काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन अब नेपालमा मात्रै होइन, विदेशमा पनि लोकप्रिय छन् भन्ने कुरा एक पूर्वभारतीय राजदूतले दिएको अभिव्यक्तिले पुष्टि गरेको छ ।
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले बालेनलाई सम्भवतः नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्। एक भारतीय टिभी च्यानलसँगको अन्तर्वार्तामा उनले बालेनको तारिफ गरेका हुन् ।
बालेन युवा पिढीमाझ आशाको केन्द्र बनेको दाबी पनि उनले गरेका छन्। ‘बालेन साह जो काठमाडौँका मेयर छन्, उनी र्यापर हुन्,’ रेले भनेका छन्, ‘सम्भवतः आजको मितिसम्म उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा छन्।’
पूर्वराजदूत रेले नेपालका पुराना पुस्ताका नेताले युवा पिढीलाई निराश बनाएको आरोप पनि लगाएका छन्। यस्तो निराशाजनक अवस्थामा बालेन साह जस्ता केहीलाई युवाहरूले आशाको नजरले हेरेको उनको भनाइ छ। रे नेपाल मामिलाबारे धेरै नै जानकार मानिन्छन् । नेपालका सबै नेतासँग उनको राम्रो सम्बन्ध छ । बालेनबारे कुनै पनि विदेशी नेताले सार्वजनिक रूपमा गरेको टिप्पणी यौ नै पहिलो हो ।
प्रतिक्रिया