काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागहरूमा नेतृत्व हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकेको हो।
नीति तथा विचार विभागको प्रमुखमा स्वर्णिम वाग्ले नियुक्त भएका छन् भने उक्त विभागको उपप्रमुखको जिम्मेवारी सन्तोष परियारलाई दिइएको छ।
त्यस्तै, कृषि विभागको नेतृत्व चितवनका राजन गौतमले पाएका छन्। ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई जिम्मेवारी दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले अनलाईन टिभी नेपाललाई जानकारी दिएका छन्।
प्रतिक्रिया