अमेरिकाले विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने


काठमाडौं – अमेरिकाले विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने भएको छ । अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने जनाएको हो ।

भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता पनि जाँच गरिने भएको छ। यसका लागि सबै आवेदकलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ ‘सार्वजनिक’ राख्न निर्देशन दिइनेछ।

‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौं,’ अमेरिकी विदेश विभागले एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘नयाँ दिशानिर्देशहरूअन्तर्गत, आवेदकहरूको अनलाइन उपस्थितिसहित व्यापक र कडा छानबिन गरिनेछ।

अमेरिकी विदेश विभागका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै यी भिसा आवेदनको तालिका पुनः सुरु गर्नेछन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए। जसकारण हजारौं विद्यार्थी अमेरिका जानबाट रोकिएका थिए ।