आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए


काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमसहितलाई सफाइ दिने फैसला गर्ने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायधीश बिहीबार न्यायपरिषदमा तानिएका छन् । न्यायपरिषद् तानिने न्यायाधीशमा खुसीराम थारू र अर्जुन महर्जन छन् ।

उनीहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ । गत १४ जेठमा न्यायाधीश थारूसहितको इजलासले आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा इजलासभित्रै न्यायाधीश थारुमाथि दुर्व्यवहार भएको थियो । रौतहटको राजापुर काण्डमा मारिएका पीडित परिवार न्याय माग्दै काठमाडौं आएपछि न्यायपरिषद् दबाबमा परेको थियो ।