फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति तय गरिएको छ । आज फस्टलुक सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो ।
यो फिल्म भदौको ६ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।
कार्यक्रममा फिल्मका मुख्य कलाकार केदार घिमिरे फिल्मकै गेटअपमा उपस्थित भएका थिए । सार्वजनिक पोष्टरमा केदारलाई धनाढ्य व्यक्तिको गेटअपमा देखाइएको छ ।
उनको हात र घाटीमा सुनै सुन देखिन्छ । पहिरन पनि उनले पहेलो लगाएका छन् । मुनाल घिमिरेको निर्माणमा तयार भएको यो फिल्मलाई भदौको ६ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ ।
आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्नेछ । फिल्ममा केदारको साथमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मले एक भूँइमान्छेको सपनाको कथा उठान गर्ने निर्माणपक्षले बताएको छ ।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, दीपक शर्मा र बाबुल गिरीको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।
फिल्म अब ‘जनै हराएको मान्छे’सँग एकसाथ रिलिजमा आउने पक्का भएको छ ।
प्रतिक्रिया