मिलनको ‘अञ्जिला’ले सात हलमा मनायो सय दिन



नेपाली फिल्म क्षेत्रमा अर्को सय दिन मनाउने फिल्मको सूचीमा ‘अञ्जिला’ पनि थपिएको छ । फागुनको २९ गतेबाट रिलिजमा आएको यो फिल्मले आज सात वटा हलमा सय दिन मनाएको हो ।

फिल्मले समाखुशीस्थित सिटी स्क्वायर मल, किर्तिपुरस्थित सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, विर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योती सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सय दिन मनाएको हो ।

व्यापारिक रुपमा सफल हुँदै सय दिन मनाएपछि फिल्मका निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले सबैलाई धन्यवाद समेत दिएका छन् ।

निर्माणपक्षले ५१ दिन पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । सय दिनको सेलिव्रेशन पनि केही दिनमै आयोजना गर्ने तयारी भइरहेको निर्माता श्रेष्ठले जानकारी दिए ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्ममा एन्जिलाको साथमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

निर्माता प्रेमकुमार श्रेष्ठले चाडै नै अर्को फिल्म पनि बनाउने जानकारी दिएका छन् ।