‘माग्ने राजा’मा केदारले लिए ६१ लाख



कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को पारिश्रमिकको खुलासा भएको छ । फिल्म ‘माग्ने राजा’मा उनले ६० लाख पारिश्रमिक लिएको चर्चा भइरहेको थियो ।

तर, आज आयोजना भएको फिल्मको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले उनको पारिश्रमिकको खुलासा गरिदिएका छन् ।

मुनालका अनुसार, केदारले फिल्ममा ६१ लाख पारिश्रमिक लिएका छन् । जसमा उनलाई ५१ लख रुपैयाँ दिइएको छ भने १० लाख रुपैयाँ दिन बाँकी छ ।

तर, कार्यक्रममा निर्माणपक्षले नायिका वर्षा सिवाकोटीको पारिश्रमिक भने खुलाउन चाहेन । वर्षाले पनि मागेकै पैसा दिइएको निर्देशक ऋषि लामिछानेले बताए ।

निर्देशक लामिछानेले केदार जस्ता कलाकारलाई ६१ लाख होइन, १ करोड दिनुपर्ने तर्क गरे । रातको ११ बजे फिल्मको विषयमा छलफल गर्नका लागि कोही हिरो निर्देशकको घरमा नआउने भन्दै उनले केदारको मिहिनेत फिल्मका लागि गज्जब रहेको प्रतिक्रिया दिए ।

भदौको ६ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।