राज्यले म माथि संगठित रुपमा अपराध गरेको छ – रवि लामिछाने


काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठ लामो अपिल जारी गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक जेल हालिएको बताएका छन्।

अपिलमार्फत लामिछानेले आफूलाई “किस्तीमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्दा जेल पठाइएको” जिकिर गरेका छन्। साथै, उनले संसदमा रास्वपाको भूमिका महत्वपूर्ण रहेको भन्दै थोरै सांसद भए पनि संसद कल्पनाहीन हुने टिप्पणी गरेका छन्।

कांग्रेसबाट अघिल्लो पटक प्रधानमन्त्री बन्न अफर आएको दाबी गर्दै, अहिले राजनीतिक स्वार्थवश आफूलाई टाढा पारिएको आरोप पनि उनले लगाएका छन्।

उनले १२ सय पृष्ठको छानबिन प्रतिवेदनबाट आफूलाई मात्र लक्षित गरी बलपूर्वक कानुनी कारबाही गरिएको उल्लेख गरेका छन्।

लामिछानेले सत्तामा रहेकाहरूमाथि “निवेदन गरेर सुशासन सम्भव छैन” भन्दै थप संघर्षका लागि आह्वान गरेका छन्।

रास्वपाले तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला उनको यो अपिल सार्वजनिक भएको हो।