चितवन — पूर्व–पश्चिम राजमार्गको खहरेपुलस्थित क्षेत्रमा भएको भीषण सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको एक यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको इभी (EV) माइक्रोबस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये अधिकांश यात्री इभी गाडीमा सवार रहेका थिए भन्ने अनुमान गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ।
दुर्घटनाको थप विवरण संकलन भइरहेको जनाइएको छ।
प्रतिक्रिया