विल्सनको ‘मैझारो’मा धिरज



लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राइले फिल्म ‘मैझारो’ निर्देशन गर्ने भएका छन् । उनको डेब्यू निर्देशनमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको छ ।

यो फिल्मलाई तक्मे प्रोडक्सनको व्यानरमा निर्माण गरिनेछ । फिल्ममा नायक धिरज मगरलाई अुनवन्धित गरिएको निर्माणपक्षले बताएको छ । विल्सनकै कथा रहने फिल्मको टिमले सोमबार धिरजसँग कागजी संझौता गरेको हो ।

अन्य कलाकारहरुको नाम चाडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्ममा सौरभ लामाको डीओपी रहनेछ ।

साउनको पहिलो साताबाट छायांकनमा जाने यो फिल्मलाई इलाम र पाँचथरमा खिचिनेछ । यो फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई देखाउनेछ ।

विल्सनले यसअघि कलाकार दयाहाङ राइलाई लिएर फिल्म बनाउने घोषणा पनि गरिसकेका छन् । तर, यो फिल्मको कामलाई थाती राख्दै विल्सन ‘मैझारो’ तिर लागेका हुन् ।