काठमाण्डौ- तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ। बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका छन्। ठूलो भौतिक क्षति पुर्याएको छ। ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गर्दछु।
यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ। सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।
प्रतिक्रिया