बौद्धमा चिनियाँ नागरिकको कोठामा भेटियो एक करोड ४४ लाख


काठमाडौं । प्रहरीले एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीबाट प्रहरीले चिनियाँ नागरिक वाङ जैनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौेंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बौद्धस्थित एक घरमा कोठा भाडामा लिई बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ४० को चिनियाँ नागरिक वाङ जैनलाई एक करोड ४४ लाखसहित नियन्त्रणमा लिएको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।