काठमाडौं – एमाले भ्रातृसंगठन युवा संघले प्राकृतिक विपत्तिका लागि तयारी थालेको छ । संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार संघको केन्द्रीय कार्यालयमा बैठक राखेर देशैभर तयारी अवस्थामा रहन तथा आवश्यक पर्दा राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् ।

मंगलबार बिहान रसुवाको भोटेकोशीमा अचानक आएको बाढीले करोडौंको धनजनको क्षति गरेलगत्तै युवा संघका अध्यक्ष थेवेले बैठक बोलाएका हुन् । मनसुनको समयमा देशका विभिन्न जिल्लामा बाढीपहिरो र प्राकृतिक विपत्तिका अन्य घटना हुने भएकाले थेवेले संघका देशैभरका नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया