‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत कस्तो लाग्यो ?



टिजर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्म ‘माग्ने राजा’को नयाँ गीत सार्वजनिक भएको छ । भदौको ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ‘त्यो मिठो जोवन’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक लोक लय शैलीको यो गीतमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे र वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतको अडियोमा रचना रिमाल र सविन सुवेदीको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । गीतको अडियो कर्णप्रिय छ ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा आरम्भ प्रोडक्सनको लगानी छ । मुनाल घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्ममा मधुसुदन शर्माको लगानी, सामिप्यराज तिमिल्सिनाको लेखन, नरेन्द्र मैनालीको डीओपी, मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

यो फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शरदा गिरी, राधिका कँडेल, मिस पबी लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।