काठमाडौं – पूर्वयुवराज्ञी हिमान शाह र हृदयेन्द्र शाहले पशुपतिमा पूजाआजा गरेका छन् । मंगलबारको दिन पारेर हिमानी छोरा हृदयेन्द्रलाई लिएर पशुपतिनाथ पुगेकी थिइन् ।

आमाछोरा दुवैले केही समय लगाएर पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका थिए । पूर्वयुवराज्ञी हिमानीलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । उनले पशुपति परिसरमा रहेका विभिन्न मन्दिरमा पूजाअर्चनासमेत गरेकी थिइन् । पशुपति विकास कोषका पदाधिकारीहरूले हिमानी र हृदयेन्द्रलाई मन्दिर जीर्णोद्वार र पुनर्निर्माणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया