रामकुमारी झाँक्रीको मुखमा पट्टी टाँस्न खोजेको भन्दै गोकुल बास्कोटाको कटाक्ष


काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले हिजो रामकुमारी झाँक्रीले अरूलाई गाली गर्दा ताली ठोक्नेहरू अहिले उनकै मुखमा पट्टी टाँस्न उचालिएको भन्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताप्रति कटाक्ष गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको दुई दुईपटक स्पष्टीकरणतर्फ संकेत गर्दै उनले ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाएका छन् ।

हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झै ताली ठोक्ने समाजवादी हातहरु अहिले उनकै खेदो खनिएको बास्कोटाको भनाइ छ । ‘‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम।

हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु,’ बास्कोटाले भनेका छन् ।

रामकुमारीले माधव नेपाललाई लक्षित गर्दै अब काँधमा सिनो बोकेर हिँड्न नसकिने बताएकी थिइन् । जसले अहिले एकीकृत समाजवादीमा ठूलै भूकम्प ल्याएको छ । एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यसमेत रहेकी झाँक्रीलाई सात दिनभित्र चित्तबुझ्दो ढंगले स्पष्टीकरण सोध्दै भविष्यमा त्यस्तो नगर्ने भनी माफी माग्न सात दिनको समय दिएको छ । यदि झाँक्रीले स्पष्टीकरण र माफी नमागेमा उनलाई पाटीबाटै निकाल्ने अन्तिम तयारी छ ।