मिरुनाले साइन् गरिन् ‘मैझारो’



नायिका मिरुना मगरले फिल्म ‘मैझारो’ साइन गरेकी छिन् । कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा तयार हुन लागेको यो फिल्मको साउन महिनादेखि छायांकन सुरु हुनेछ । यो फिल्ममा यसअघि नायक धिरज मगर फाइनल भइसकेका छन् ।

धिरज र मिरुनाले यसअघि फिल्म ‘कुस्ती’मा एकसाथ काम गरेका थिए । यी दुइको यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन ।

विल्सनकै कथा रहने यो फिल्मलाई सौरभ लामाले खिच्नेछन् । साउनको पहिलो साताबाट छायांकनमा जाने यो फिल्मलाई इलाम र पाँचथरमा खिचिनेछ । फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृती र सामाजिक यथार्थतालाई देखाउनेछ ।

फिल्म ‘मैझारो’मा अन्य कलाकारहरु फाइनल भइसकेका छैनन् ।