फिल्म ‘१२ गाउँ र नरसिंहाः अवतार’मा काम गरेकी नायिका सनिषा भट्टराइले रंगमञ्चमा डेब्यू गर्ने पक्का भएको छ ।
उनले, पारिजातको चर्चित पुस्तक ‘शिरिषको फूल’मा केन्द्रित रहेर मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’मा काम गर्ने पक्का भएको हो । यो नाटकमा सनिषाले ‘सकम्बरी’को भूमिकामा काम गर्दैछिन् । साउनको ७ गतेबाट कान्तिपुर थिएटरमा यो नाटक मञ्चन हुनेछ । हाल सनिषा यो नाटकको वर्कशपमा व्यस्त छन् ।
यो नाटकबाट नायक जीवन लुइटेलले पनि अभिनयमा कमब्याक गर्दैछन् । जीवन १० वर्षदेखि अभिनयबाट टाढा रहेर अमेरिकामा छन् । उनी, दुई दिनपछि यो नाटकमा अभिनय गर्नका लागि नेपाल आउँदैछन् ।
जीवनले भने अमेरिकामा नै रहेर आफ्नो भूमिकाको अध्ययन गरिरहेको कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले जानकारी दिए ।
यो नाटकमा राज न्यौपानेको पनि अभिनय रहनेछ ।
सनिषा नाटकलाई लिएर उत्साहित छिन् । कान्तिपुर थिएटरले नायिका रेखा थापालाई ‘मीरा’ नामक नाटकबाट रंगमञ्चमा डेब्यू गराएको थियो ।
प्रतिक्रिया