फिल्म ‘बाकस’ बन्ने



नवीन पन्तको निर्देशनमा फिल्म ‘बाकस’ बन्ने भएको छ । यो फिल्मको गुरुपूर्णिमाको अवसर पारेर आज निर्माणको घोषणा गरिएको हो । पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको कथा पनि पन्त आफैले लेखेका हुन् ।

यो फिल्मलाई नेपाल र नेपाल बाहिर छायांकन गरिने निर्माणपक्षले बताएको छ । फिल्मले नेपाली परिवेशकै कथा भन्नेछ ।
फिल्मको हाल स्क्रिप्टको काम भइरहेको छ ।

प्राविधिक र कलाकारहरुको बारेमा चाँडै नै जानकारी गराउने बताइएको छ ।

शंकर अधिकारी घायल र नारायण बस्नेतको गीत रहने फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने योजना निर्माणपक्षको छ । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।