‘जनै हराएको मान्छे’को गीत सुटिङमा किन ढले गायक थानेश्वर ?



गायक थानेश्वर गौतम फिल्म ‘जनै हराएको मान्छे’को एक गीतको छायांकनका क्रममा बेहोस भएका छन् । उनी, बेहोस भएपछि केही समय फिल्मको छायांकन पनि अवरुद्ध भएको थियो । उनलाई पानी पिलाएपछि आधा घन्टापछि मात्र होसमा आएका थिए ।

गायक थापाले गीत गाएको दृश्य खिच्दै गर्दा उनी अचानक हार्मोनियममाथि बेहोस भएका थिए ।

त्यसपछि छायांकन सेटको माहोल नै बदलिएको थियो । उनलाई स्टेजबाट तल झारेर सुताइयो र पानी खुवाइएको थियो ।

गीतले आमाको मायाको कथा बोल्छ । उक्त गीत गाउँदा आफू भावनामा बगेको र मानसिक रुपमा नै विक्षिप्त भएको थानेश्वरको भनाई छ ।

फिल्मका एसोसियट निर्देशक मनिष राउतका अनुसार, गीतको भावमा डुबेपछि थानेश्वर बेहोस भएका हुन् ।

उनको शरीरमा पानीको अभाव भएकाले गर्दा यस्तो भएको वुझिएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यो फिल्म भदौको ६ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी लगायतका कलाकारहरुको अभिनय छ ।