नायिका रेखा थापाले एक नयाँ फिल्म साइन गरेकी छिन् । उनले, साइन गरेको फिल्म नाम ‘भाइटिका’ हो ।
दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । फिल्मको कथावस्तुलाई लिएर रोहित निकै नै उत्साहित छन् । फिल्ममा नायक विपिन कार्की फाइनल भइसकेका छन् । अब, फिल्ममा रेखा विपिनकी बहिनीको भूमिकामा देखिदैछिन् ।
वुझिएअनुसार, फिल्ममा रेखा विपिनकी बहिनीको भूमिकामा देखिदैछिन् । २० वर्षसम्म भाइटिका लगाउन नपाएका दाजु र बहिनीको कथामा यो फिल्म बन्न लागेको वुझिएको छ ।
फिल्ममा नायक धिरज मगरले पनि काम गर्न लागेका छन् । धिरजको बारेमा निर्माणपक्षले केही पनि बताएको छैन ।
अझै, फिल्ममा एक नायक र एक नायिका फाइनल गर्न बाँकी रहेको वुझिएको छ । दीपक वलीको निर्देशनमा महेश दवाडीको लेखन रहने फिल्मलाई यो वर्ष नै छायांकन गरिनेछ । फिल्मलाई भने आउँदो वर्षको तिहारमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
रोहित हाल फिल्म ‘माइतीघर’को डबिङमा व्यस्त छन् । यो फिल्मलाई दशैंको फूलपातिमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।
प्रतिक्रिया