ओमान, मस्कट – ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको विशेष निमन्त्रणामा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मस्कटमा आयोजित दिवाभोज कार्यक्रममा सहभागी भएका छन्।
उक्त दिवाभोजले नेपाल–ओमानबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्नका साथै प्रवासी नेपाली समुदायसँगको आपसी समन्वयलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

खाडी क्षेत्रलाई नेपालीहरूको प्रमुख रोजगारी गन्तव्य मानिन्छ। यतिबेला कुलमान घिसिङ त्यही खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा नागरिक अभिनन्दन तथा शिष्टाचार भेटघाटमा व्यस्त छन्।

बहराइनबाट सुरु भएको यस भ्रमणले युएई, ओमान र कतार हुँदै जारीता पाएको छ। यस क्रममा उहाँले प्रवासी नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको श्रम, संघर्ष र योगदानप्रति गहिरो सम्मान व्यक्त गरिरहनु भएको छ।
पूर्व कार्यकारी निर्देशक घिसिङको यो भ्रमणले खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई प्रेरणा, सम्बल र ‘उज्यालो’ सन्देश प्रदान गरेको छ।
प्रतिक्रिया