ओमानमा कुलमान घिसिङलाई बृहत् नागरिक अभिनन्दन – प्रेरणाको प्रतीक ‘प्रकाश’ सँग सम्मान


मस्कट, ओमान | नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ऊर्जा क्षेत्रका प्रेरणादायी व्यक्तित्व कुलमान घिसिङलाई ओमानमा बृहत् नागरिक अभिनन्दन गरिएको छ। नेपाली दूतावासको समन्वयमा आयोजित विशेष कार्यक्रममा ओमानस्थित नेपाली समुदाय, व्यवसायी, अभियन्ता र विभिन्न संघसंस्थाहरूले घिसिङलाई “प्रकाशको प्रतीक” का रूपमा सम्मान गर्दै “प्रेरणाको प्रकाश” प्रदान गरेका थिए।

उक्त सम्मान कार्यक्रममा घिसिङको नेतृत्वमा नेपालमा भएको ऊर्जा सुधार र लोडसेडिङ अन्त्यको विषयमा चर्चा गरिएको थियो। सहभागीहरूले घिसिङको योगदानलाई ऐतिहासिक र प्रेरणादायी भनी मूल्याङ्कन गर्दै विदेशमा रहेका नेपालीहरूका लागि पनि ऊर्जा, नेतृत्व र इमानदारीताको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गरे।

कुलमान घिसिङले आफूले पाएको माया र सम्मानप्रति आभार प्रकट गर्दै नेपालको उज्यालो भविष्यका लागि आफू सधैं प्रतिबद्ध रहने प्रतिवद्धता जनाए।