कात्तिक २१ गतेबाट आउने भयो ‘मन बिनाको धन’



फिल्म ‘मन बिनाको धन’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म कात्तिकको २१ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मको वितरण टिम र निर्माण टिमबिच कागजी संझौता गरिएको हो । टंक वुढाथोकीको निर्देशनमा यो फिल्म बनेको हो ।

फिल्मकी निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरुबिच कात्तिक २१ बाट फिल्म रिलिज गर्ने सहमती भएको हो ।

यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

सामाजिक विषयवस्तुमा तयार भएको यो फिल्ममा टंक बुढाथोकीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।

सपना शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।