काठमाडौं – काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने भएको छ । शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका तयारी गरेको छ ।
मेयर बालेनले जनचाहनाअनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।
शुक्रवार बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ । नगर सभा बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन् ।
प्रतिक्रिया