ज्योतीको कटाक्षः फिल्म क्षेत्रले कालो बोको र ६१ लाखको योगदान दियो’



गायिका ज्योती मगरले फिल्म क्षेत्रमाथि कटाक्ष गरेकी छिन् । नेपाली फिल्म क्षेत्रले राज्यलाई दिएको योगदान अहिलेको अवस्थामा २ वटा मात्र भएको उनको भनाई छ ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले फिल्म क्षेत्रले हाल देशलाई दिएको योगदान भनेको ६१ लाखको विवाद र कालो बोको बिबाद हो, यसलाई राज्यले कदर गर्नुपर्ने लेखेकी छिन् ।

नेपाली फिल्म क्षेत्र पछिल्लो समय विवाद नै विवादमा रुमल्लिएको छ । दर्शकको ध्यान फिल्मको कथावस्तु भन्दा पनि यस्तै विवादमा बढी जाँदा फिल्मको व्यापारमा समेत असर परिरहेको छ ।

यही कुरालाई मध्यनजर गर्दै ज्योतीले कालो बोको र ६१ लाख विवाद फिल्म क्षेत्रले देशलाई दिएको योगदानको रुपमा हेरेकी छिन् ।