नायिका पूजा शर्मालाई मुख्य भूमिकामा लिएर निर्देशक रुपेश तामाङले फिल्म ‘एक्का तीन’ निर्देशन गर्ने भएका छन् । यो फिल्मको आज थीम पोस्टर सार्वजनिक गर्दै नाम सार्वजनिक गरिएको हो ।
यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । सुमन गजमरेले यो फिल्मको कथा लेखिरहेका छन् । फिल्मका अन्य कलाकार र प्राविधिकहरुको बारेमा केही पनि बताइएको छैन ।
फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।
थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ ।
तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।
यसपटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ ।
प्रतिक्रिया