काठमाडौं – काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ। सात महिनापछि शुक्रबार दिउँसो महानगरको कार्यपालिका बैठक बसेको हो ।

मेयर बालेनले आगामी २९ असारमा नगर सभा बोलाइएको जानकारी दिँदै त्यसको तयारीका लागि कार्यपालिका बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको घोषणा गरे ।

बैठकको औपचारिक घोषणा गरेपछि बालेन तुरुन्तै बैठकस्थलबाट बाहिरिएका थिए। बैठक महानगरपालिकाको सभाहलमा बसेको थियो । बालेनले बैठकमा अन्य कुनै एजेन्डा नभएकाले स्थगित भएको जानकारी दिए । असार २९ गते राष्ट्रिय सभा गृहमा नगर सभा राखिने र बजेट पेस गरिने उनको भनाइ छ ।

प्रतिक्रिया