काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२–८३ को बजेट र नीति तथा कार्यक्रम ल्याउँदै छ।
लामो रस्साकस्सी र विवादका बीच शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेनले आइतबार बजेटसभा बोलाएका हुन्। कार्यपालिका बैठकमा २३ वटा एजेन्डा भए पनि खासै नभएको भन्दै बालेनले ४५ सेकेन्डमै बैठक स्थगित गरेका थिए ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बस्ने नगरसभामा करिब २५ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरिनेछ।
संवैधानिक व्यवस्थाअनुसार असार १० भित्र स्थानीय सरकारले बजेट ल्याइसक्नुपर्छ। तर आन्तरिक विवादका कारण देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।
नगरसभामा पहिलो मेयर बालेनले नीति तथा कार्यक्रम र त्यसपछि उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन् । असार मसान्तभित्रै बजेठ पारित गर्नुपर्ने चुनौती मेयर बालेनलाई छ ।
प्रतिक्रिया