नायिका नीता ढुंगानाले फिल्म ‘पार्वती’ निर्देशन गर्ने पक्का भएको छ । उनले, यो फिल्मको छायांकन भदौमा सुरु गर्ने तयारी गरेकी छिन् । नीताले फिल्म ‘सुख–दुःख’ निर्देशन गर्ने पक्का भइसकेको छ । तर, त्यो अगाडि उनले फिल्म ‘पार्वती’ निर्देशन गर्ने भएकी हुन् ।
फिल्मका लागि हालसम्म कलाकार दीपाश्री निरौला फाइनल भइसकेकी छिन् । अन्य कलाकारहरु नीता अष्ट्रेलियाबाट फर्किएपछि फाइनल गरिनेछ । वुझिएअनुसार, भदौबाट नीताले यो फिल्मको छायांकन सुरु गर्नेछिन् ।
फिल्मलाई आउँदो वर्षको वैशाखतिर रिलिज गर्ने योजना समेत उनको छ । नीताले फिल्म ‘सुख–दुःख’को केही दृश्यको छायांकन पनि ‘पार्वती’को समयमा नै गर्ने वुझिएको छ ।
प्रतिक्रिया