वर्षाले साइन् गरिन् ‘जहाजैमा’



नायिका वर्षा सिवाकोटीले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, फिल्म ‘जहाजैमा’ साइन गरेकी हुन् । वर्षा र फिल्मकी निर्देशक कृषा चौलागाइबिच कागजी संझौता भएको छ ।

वर्षाले यो फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको सुनाइन् । फिल्ममा यसअघि केदार प्रसाद घिमिरे, सौगात मल्ल, कर्मा, जापानीज अभिनेत्री रुचेल इचिमियाले काम गर्ने पक्का भइसकेको छ ।

साउनको अन्तिम साताबाट यो फिल्मको छायांकन जापानमा हुनेछ । फिल्मलाई जापान, नेपाल र फिलिपिन्समा खिच्ने तयारी गरिएको छ ।

फिल्मलाई यूएनए प्रोडक्सनका लागि उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, अभिमन्यू निरवीको लेखन रहनेछ । फिल्मलाई फागुनको १ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।