राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी


काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित बनेका उनी निर्वाचन आयोग पुगेका हुन् ।

सुवेदीले आफूलाई विधानविपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराएका छन् । उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणा, प्रकाशचन्द्र लोहनीलगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ । आइतबार नै राप्रपा प्रवक्ताबाट हटाइएका सगुन लावती पनि निर्वाचन आयोग पुगेका छन् । लिङ्देनले सुवेदीको ठाउँमा रोशन कार्कीलाई मनोनयन गरेका छन् ।