काठमाडौं – अन्ततः काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट ल्याएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको १७ औं नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आवका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेस गरेकी हुन्।
शुक्रबार बसेको काठमाडौं महानगरपालिक कार्यपालिका बैठकले बजेटको सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो । तर आइतबार प्रस्तुत गरिएको बजेटमा ६५ करोड बढाइएको छ । पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ।
आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्व ११ करोड ४१ लाख ४१ हजार जम्मा हुनेछ । जसमा महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्व १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट ससर्त, समानीकरण राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ । क्षेत्रगत रुपमा हेर्दा आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत (७५ करोड ३४ लाख ३० हजार), सामाजिक विकासमा २० प्र्रतिशत (पाँच अर्व दुई करोड २८ लाख ६८ हजार), पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्व ८० करोड ८३ लाख १४ हजार), सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रतर्फ १२ प्रतिशत (तीन अर्व १ करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्व ५१ करोड ६० लाख ८ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा महानगरपालिकाभित्र पूर्वाधार विकासलाई प्राथमिकता राखिएको उपप्रमुख डंगोलले बताइन् । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य, एक वडा एक उद्यमशिलतालगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
नगर सभामा सुरूमा मेयर बालेनले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेस गरेकी हुन्। का
प्रतिक्रिया