काठमाडौं । ७८ लाख रुपैयाँ घुस डिलमा विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दलले मन्त्रीको अडियोबारे जवाफ मागेका थिए ।
जनस्तरमा पनि अहिलेसम्म मन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्ने तयारी गरिरहँदा उनी बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ । सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् ।
तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ । सार्वजनिक भएको अडियोअनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच संवाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।
प्रतिक्रिया