भदौको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अभिमन्यूः च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा कलाकार कामेश्वर चौरासियाको कराउँदै गरेको फोटो हेर्न सकिन्छ । उनी खुशीले कराएको देखिन्छ ।
भदौको २७ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने पात्रको कथा भन्छ । यो फिल्मको पोस्टरमा विराटनगर कारागार पनि छ । यसले, फिल्मको कथावस्तुलाई प्रष्ट्याउन खोजेको देखिन्छ ।
यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । फिल्ममा कामेश्वरको साथमा गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।
सुशान्त गौतमले निर्देशन गरेको यो फिल्ममा मुकेश खनालको लेखन छ । फिल्ममा शरद महत्तोको डीओपी छ ।
प्रतिक्रिया