काठमाडौं । भाटभटेनी समूहले नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण गरेको छ। सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अस्पतालमा विस्तारित सेवा भवनको उद्घाटन गरेका छन् । शिक्षण अस्पतालको ४३औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए ।
प्रतिक्रिया