काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको ठेक्का सम्झौता आफ्नो नेतृत्वको सरकारले गरिसकेको दाबी गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सम्झौता भएपनि त्यहीबीच सरकारबाट बाहिरिनुपरेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आएको दुईतिहाइको सरकार बनेपछि मात्रै फ्लडलाइट र प्यारापिटसहितको काम २ सय दिनमै सम्पन्न गरिएको निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो।
प्रतिक्रिया