काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाउँदै सत्ताको स्वेच्छाचारिताको साक्षी मात्र बनेको टिप्पणी गरेका छन्।
संसदमा सोमबारको बैठकमा बोल्दै प्रचण्डले कांग्रेसले जनताले दिएको मतको सदुपयोग नगरेको र स्वार्थमा आधारित गठबन्धनका कारण लोकतन्त्र नै संकटमा परेको दाबी गरे।
“कांग्रेस पनि ओलीको स्वर्ग र नर्ककै चक्करमा परेको देखिन्छ,” प्रचण्डले भने, “अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै जाँदा लोकतान्त्रिक मूल्य कमजोर बनिरहेका छन्।”
उनले गठबन्धनको नेतृत्व, कुशासन र अस्वाभाविक समझदारीकै कारण लोकतन्त्र खतरामा परेको तर्क गर्दै अघिल्लो वर्ष नै आफूले चेतावनी दिएको स्मरण गराए।
प्रतिक्रिया