काठमाडौं – टिकटकमार्फत चिनजान भई प्रेममा परेका आयुष सिंह र पाकिस्तानी युवती एलिजे जमालीले काठमाडौं जिल्ला अदालतमा कानुनी बिहे गरेका छन्।
यसअघि दुबईमा इन्गेजमेन्ट गरेका दम्पती बिहेको दिन अदालतमा परम्परागत भेषमा देखिए। एलिजेले आयुषको खुट्टा ढोगिन् भने आयुषले पोते लगाइदिए।
एलिजे केही समयअघि दुबईबाट काठमाडौं आएकी हुन्। सामाजिक सञ्जालमा उनी विवादित र चर्चित दुवै रुपमा परिचित छिन्।
प्रतिक्रिया