जनमत पार्टीका अध्यक्ष डा. सीके राउतद्वारा रवि लामिछानेको पक्षमा गरे हस्ताक्षर


काठमाडौं l जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा आयोजित हस्ताक्षर अभियानमा सहभागी हुँदै ऐक्यबद्धता जनाएका छन्।

पार्टी कार्यलय बन्सथलिको घण्टीघर पुगेर हस्ताक्षर अभियानमा सहभागि भएका डा. राउतले लामिछानेविरुद्धको प्रक्रियालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै विरोधस्वरूप हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने:

जनमत पार्टीको सचिवालय बैठकको निर्णयअनुसार म आज यहाँ हस्ताक्षर गर्न आएको हुँ। यो समर्थन व्यक्तिगत होइन, संस्थागत हो। हामी लोकतान्त्रिक मूल्य र विधिको पक्षमा छौं।”