कोरिया जाने सपनामा ‘जनै हराएको मान्छे’को टिजर



फिल्म ‘जनै हराउको मान्छेः सम्बन्धका धागाहरु’को टिजर सार्वजनिक भएको छ । यो टिजरमा कोरिया जाने सपनाका बोेकेको एक युवकको कथा समावेश छ । भदौको ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् भने फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् ।

फिल्मको मुख्य भूमिकामा नायक विजय बराल छन् । उनीसँगै फिल्ममा गौरव पहाडी, मिरुना मगर, केकी अधिकारी लगायतका कलाकारहरु पनि जोडिएका छन् ।

साथमा फिल्ममा भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरुको अभिनय छ ।

पेपरक्लिपको व्यानरमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ । फिल्मका कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् ।

नवीन गुरुङको डीओपी रहेको फिल्ममा कृष्ण परियारको सिनेमाटोग्राफी, साहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनिल क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन छ । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।

फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने विश्वास गरिएको छ ।