नायक नाजिर हुसेन जुन तहको अभिनय गर्छन्, त्यस अनुसारको प्रतिफल उनले पाउन सकेका छैनन् । उनको अभिनयको सबैले तारिफ त गर्छन्, तर फिल्ममा लिदा भने धेरैले आनाकानी गर्छन् । तर, नाजिरले आफूले पाएको भूमिकालाई भने बलियो तरिकाले प्रस्तुत गर्दै आएका छन् ।
तर, यतिबेला भने नाजिर बलिउड नायक रणवीर सिंहको स्टाइलको कपी गरेको भन्दै चर्चामा छन् ।
बलिउड नायक रणवीर सिंहले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट सबै फोटो लुकाए । उनले, फिल्म ‘धुरन्धर’को मात्र एउटा तस्वीर राखेका छन् । ४ करोड ७१ लाख फलोअर्स भएको उनको इन्स्टाग्राम पेजमा अहिले एउटा मात्र पोस्ट देखिन्छ । रणवीरले आफू अभिनित फिल्मको प्रचारमा यो शैली अपनाएका थिए ।
अब, नाजिर पनि उनको स्टाइलबाट प्रभावित भएको देखिन्छ । अझ भनौ, नाजिरले रणवीरको शैलीको कपी गरेका छन् ।
२ लाख ९ हजार फलोअर्स भएको नाजिरको इन्स्टाग्राम एकाउन्टमा अहिले २ वटा मात्र पोस्ट छ । ती दुई पोस्ट उनको रिलिज हुन लागेको नयाँ फिल्म ‘गून्यू चोलो’को हो । यो फिल्ममा नाजिर तेस्रो लिङ्गीको भूमिकामा छन् ।
यो पात्रका लागि उनले जुन खालको मिहिनेत गरेका छन्, त्यसको जती तारिफ गरे पनि सकिदैन । समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति बारम्बार सरेको छ । आज यो फिल्मको गीत पनि रिलिज हुँदैछ ।
तर, गीत रिलिज अगाडि नाजिर स्टाइल कपी गरेर चर्चामा छन् । आशा गरौ, यो कपी गर्ने बानीले उनले गरेको मिहिनेत ओझेलमा नपरोस् ।
प्रतिक्रिया