भदौको १३ गतेबाट फिल्म ‘गुन्यु चोलो’ रिलिजमा आउने भएको छ । नायक नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मको एक गीत सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । ‘म फूल हुँ कि काँडा’ बोलको गीत एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर, लेखुकै संगीत छ । यो गीतले कुनै पनि मानिस भित्रको माया र भावनाको कुरा गरेको छ । सार्वजनिक गीतको भिडियोमा कलाकार नाजिर हुसेनको नृत्य हेर्न सकिन्छ ।
महिलाको भेसमा रहेका नाजिरको नृत्य, उनको हाउभाउले प्रभावित पार्न सक्छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील सिटौलालाई पनि फिचरिङ गरिएको छ ।
यो फिल्मलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । यो फिल्मले पारालैंगिक कथा भन्छ ।
यो फिल्ममा संचिता लुइटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
नेपालको पहिलो पूर्ण रुपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्ममा हलिउड कलाकार लिजा जेरार्डले स्व्र दिएकी छिन् । नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो ।
फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । फिल्मका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको यो फिल्म अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।
प्रतिक्रिया