दीपक साउदको १३ सेकेन्डको फेसबुक रिल्सलाई एक दिनमै साढे पाँच करोड भ्युज



काठमाडौँ – दीपक साउदको फेसबुक रिल्सले एक दिनमै पाँच करोड ५८ लाखभन्दा बढी भ्युज बटुलेको छ । १३ सेकेन्डको कमेडी भिडियोको क्लिपले छोटो समयमै यति धेरै भ्युज पाएको हो ।

अछाम घर भएका साउद हाल दिल्लीमा सामान्य मजदुरी गर्दै आएका छन् । उनले रमाइलोका लागि भिडिओ बनाएका थिए । जसमा दुईजना हिलाम्य सडकको छेउमा झगडा गरिरहेका देखिन्छन् । सेतो कुर्तामा रहेका दीपक छुट्याउन जाँदा उल्टै हिलोमा पछारिन्छन् र अनौठो भावसहित फिर्ता हुन्छन् ।

कुनै संवाद नसुनिने भिडियोमा केही साउन्ड इफेक्ट मात्रै प्रयोग गरिएको छ । अरुको झगडाको बीच जाँदा के हुन्छ भन्ने सेचतना दिन यस्तो कमेडी भिडियो बनाइएको हो ।

विभिन्न कमेडी भिडिओ क्लिप तयार पारेर राखिरहने दीपकको फेसबुकमा चार लाखभन्दा बढी फलोअर छन् । एक दिनमै साढे पाँच करोडले हेरेपछि फेसबुक प्रयोगकर्ता सौगात ओझा लेख्छन्, ‘कर्ममा निरन्तरता दिनुपर्छ, अपहेलना कसैले कसैलाइ गर्नु हुँदैन, कुन भिडियो कतिबेला भाइरल बन्छ थाहा हुँदैन। हाम्रो अछामी भाइ दीपक साउदको यो भिडियो अन्तरास्ट्रियस्तरमा बढी हेरिएको छ।

https://www.facebook.com/share/r/162oB74L7a