फिल्म ‘मैझारो’को छायांकन सुरु भएको छ । आजबाट फिल्मको छायांकन इलाममा सुरु गरिएको हो । कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा यो फिल्म निर्माण हुँदैछ ।
फिल्मको छायांकन इलाम र पाँचथरका विभिन्न जिल्लामा गरिनेछ । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गरिने निर्देशक राइको भनाई छ ।
फिल्ममा कथा, पटकथा तथा निर्देशक राइको नै रहनेछ । यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, वुद्दि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीको अभिनय रहनेछ ।
सौरभ लामाको छायांकन रहने फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राइको संगीत रहने फिल्मलाई तक्मे प्रोडक्सनको व्यानरमा निर्माण गर्न लागिएको हो ।
फिल्मका मुख्य नायक धिरज मगर, निर्देशक विल्सन विक्रम राइले क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरेका थिए ।
प्रतिक्रिया