…l;6fdf]nÚsf] …d’6′ leq lvn 5 xh’/Ú uLt s:tf] 5 <
बाबुल गिरीको स्वर तथा संगीत, गोविन्द भट्टको शब्द रहेको फिल्म ‘सिटामोल’को ‘मुटु भित्र खिल छ हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । साउनको २३ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतका शब्दहरु मिठा छन् ।
बाबुलले पनि निकै नै मार्मिक तरिकाले यो गीत गाएका छन् । यो फिल्मले आम नेपाली जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्ने दाबी निर्माणपक्षको छ ।
फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्धाजको कथा छ ।
सिमोस सुनुवारको प्रस्तुति रहेको यो फिल्ममा भुगोल कार्की र विकासराज जोशीको लगानी छ । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर, दिव्य सुवेदीको छायांकन यो फिल्ममा छ ।
फिल्मको टिजरले दर्शकको साथ पाइसकेको छ । सौगात मल्लको अभिनयले दर्शकको मन छुने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया