राजनीतिक घेराबन्दीविरुद्ध रास्वपाको प्रहार ? आज दिउँसो ठोस् धारणा आउँदै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो ३:३० बजे पत्रकार सम्मेलनका लागि आह्वान गरिएको हो।

प्रवक्ता झाले बताएअनुसार, पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिसोध, हस्ताक्षर अभियानको प्रगति, सदन बहिष्कारको कारण, तथा रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन प्रक्रिया लगायतका विषयमा स्पष्ट धारणा सार्वजनिक गरिनेछ।

रास्वपाले हालै लामिछानेमाथि सुनियोजित रूपमा राजनीतिक आक्रमण भइरहेको भन्दै राष्ट्रव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ। आजको पत्रकार सम्मेलनमार्फत् पार्टीले आगामी रणनीति र राजनीतिक आन्दोलनको खाका पनि प्रस्तुत गर्ने सम्भावना छ।